अपडेट
७ जिल्लाका सीडीओ फेरिए, ५८ कर्मचारीको सरुवा
बुधबार, २६ कात्तिक २०८२, १८ : ५२
काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन् ।
सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन् । बद्रीनाथ गैह्रेलाई गुल्मीकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा सरुवा गरिएकाे छ । दैलेखमा आनन्द सारु,पाँचथरमा बासुदेव दाहाल र राेल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएकाे छ।
त्यसैगरी जुम्लामा दिपक पाैडेल,डाेटीमा कल्पना घिमिरे नेपाललाई सीडीओ बनाएर पठाइएकाे छ । अजिता शर्मालाई मुस्ताङ पठाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण