पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता : ८ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्दै
सारांश
- पोखरामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु हुँदैछ।
- प्रतियोगितामा नेपालसहित आठ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
- अघिल्लो संस्करणहरू जस्तै, यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कास्की । पर्यटकीय सहर पोखरामा भोलिदेखि तेस्रो संस्करणको ‘इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिताको सुरु हुँदैछ । यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिता समुन्द्री सतहबाट एक हजार ३६० मिटर उचाइमा अवस्थित पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा आयोजना हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कले जनाएको छ । खेलाडीहरु सबै पोखरा आइपुगेका छन् । प्रतियोगिता स्थलमा सहभागी देशका झण्डाहरु राखेर सजाइएको छ ।
प्रतियोगिताका ‘रेस’ निर्देशक सुनीलचन्द्र शर्माले प्रतियोगितामा नेपालसहित जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, बेलायत, श्रीलङ्का, ओमन र अमेरिका गरी आठ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
उगले भने, ‘साहसिक इन्डुरो माउन्टेन बाइक रेसको सबै तयारी पूरा भएको छ । आठ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि १३ बढी देशले नाम दर्ता गराएका थिए । तर नेपालमा भएको जेनजी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।’
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।
आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यसअघि विसं २०८० र विसं २०८१ मा प्रतियोगिता सम्पन्न भइसकेको छ ।
इन्डुरो प्रतियोगिताले विश्वभर ठूलो सङ्ख्यामा रहेका ‘माउन्टेन बाइक’ प्रेमी खेलाडी आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण