आर्सनलविरुद्ध बायर्नको रोमाञ्चक जित
बिहीबार, २७ कात्तिक २०८२, ०१ : २४
सारांश
- महिला च्याम्पियन्स लिगमा बायर्न म्युनिखले आर्सनललाई ३-२ ले पराजित गर्यो।
- आर्सनलले सुरुमा २-० को अग्रता लिए पनि बायर्नले दोस्रो हाफमा पुनरागमन गर्यो।
- अर्को खेलमा बार्सिलोनाले हेभरली लुभेनलाई ३-० ले हरायो।
काठमाडौँ । महिला च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा बायर्न म्युनिखले आर्सनललाई ३-२ ले पराजित गरेको छ।
नेपाली समय अनुसार बुधबार राति भएको खेलको सुरुवातमै आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै एमिली फक्सले ५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएकी थिइन्। त्यसपछि मरियोना काल्डेन्टेनीले २३औँ मिनेटमा दोस्रो गोल गर्दै आर्सनललाई २–० ले अघि बढाइन्।
तर दोस्रो हाफमा बायर्नले पुनरागमन गर्यो। अलारा सेहितलरले ६७औँ मिनेटमा पहिलो गोल, त्यसपछि पर्निल हार्डरले ८०औँ मिनेटमा दाेस्राे गोल गिरन अन्त्यतिर ग्लोडिस पर्ला भिग्गोसदोत्तिरले ८६औँ मिनेटमा निर्णायक गोल गर्दै बायर्नलाई नाटकीय जित दिलाइन्।
त्यस्तै बुधबार नै सम्पन्न अर्काे खेलमा बार्सिलोनाले हेभरली लुभेनलाई ३-० अन्तरले पराजित गरेकाे छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण