संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप : ज्ञवाली
सारांश
- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान संशोधन र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताए।
- ज्ञवालीले यथास्थितिमा चुनावको कुनै औचित्य नहुने र अहिलेको सरकार संविधानले नचिन्ने बताए।
- उनले चुनावको वातावरण बनाउन सरकार तयार नभएको र प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव नचाहेको आरोप लगाए।
दाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको ‘रोडम्याप’ भएको बताएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । ‘संसद् पुनर्स्थापना,संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनावको कुनै औचित्य हुँदैन ।’
नेता ज्ञवालीले यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताए ।
सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन सरकार तयार नभएको ज्ञवालीको आरोप छ । दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।
संविधान घाइते अवस्थामा भएको भन्दै ज्ञवालीले संविधानले नचिन्ने सरकारले शासन गरेको बताए ।
‘अहिले संविधान घाइते अवस्थामा छ । लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन्’, ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण