शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदन गुरुङले फेरि निकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा

बिहीबार, २७ कात्तिक २०८२, १७ : ०२
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओम प्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्।
  • लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा गुरुङले गृहमन्त्रीले खुट्टा कमाइरहेको आरोप लगाए।
  • उनले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरूको आवश्यकता रहेको बताए, र भ्रष्टाचार मुक्त देश बनाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ गृहमन्त्री ओम प्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । यसअघि कात्तिक २० गते गृहमन्त्रीले काम गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका उनले बिहीबार पनि सोही कुरा दोहोर्‍याएका हुन् । 

काठमाडौँ महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोही स्थानमा पुगेका गुरुङले जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको आरोप लगाए । जेनजीको भावना अनुसार गृहमन्त्री चल्न नसक्ने हो भने मार्गप्रशस्त गर्नुपर्ने उनले बताए । 

अहिले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरूको आवश्यकता रहेको उनको भनाइ थियो । उनले गृहमन्त्री बाहेक अन्य मन्त्रीहरूले भने जेनजी आन्दोलनको भावना अनुसार काम गरिरहेको जिकिर गरे । 

शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सबै मिलेर अव भ्रष्टाचार मुक्त देश बनाउनुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप