सकल दर्जाको मनोबल बढाएर जनअपेक्षा अनुसार काम गर्छु : आईजीपी कार्की
सारांश
- नवनियुक्त आईजीपी दानबहादुर कार्कीले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले सामूहिक नेतृत्व अङ्गाल्ने र प्रहरीको मनोबल बढाउने कुरामा जोड दिए।
- कार्कीले वित्तीय अपराध र साइबर अपराध प्रहरीको लागि नयाँ चुनौती भएको बताए।
काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले सकल दर्जाको मनोबल बढाएर जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा आयोजित समारोहमा सामूहिकता प्रदर्शन गर्ने बताए ।
उनले भने– ‘सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै, मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ आईजीपी बन्ने प्रतिस्पर्धामा उनका ब्याचमेटद्ववय राजन अधिकारी र डा.मनोज केसी थिए ।
प्रहरीमा ब्याचमेट आईजीपी र एआईजीहरूको बिचमा यसअघि ‘अस्वस्थ प्रतिस्पर्धा’ हुने गरेको इतिहास छ । कार्कीले त्यसलाई चिर्दै सामूहिक नेतृत्व अङ्गाल्ने उद्घोष गरेका हुन् ।
जेनजी आन्दोलन लगत्तैको प्रतिकूल परिस्थितिमा पनि सुरक्षा कुनै रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा प्रहरी परिचालित भएको उल्लेख गर्दै कार्कीले भने– ‘छोटो समयमा प्रहरी संरचना र सेवा पुनर्स्थापित गर्ने सन्दर्भमा भएको उत्साहजनक प्रगतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवाभाव कर्तव्यप्रतिको प्रतिबद्धता र सहनशीलतालाई फेरि एकपटक पुष्टि गरेको छ ।’
जेनजी प्रदर्शनपछि देखिएको साहस र सहनशीलता प्रहरीको शक्ति भएको उनले बताए । उनले भने– ‘जसले हामीमा सामूहिक रूपमा जस्तोसुकै समस्या चुनौती पनि समाधान सामना गर्न सक्नेछौँ भन्ने दृढ विश्वास जगाएको छ ।’
वित्तीय अपराध र साइबर प्रहरीको लागि नयाँ चुनौती भएको उनले बताए । कार्कीले भने– ‘हाइटेक क्राइमको अनुसन्धान र व्यवस्थापन गर्नुपर्ने विविध प्रकृतिको अवस्थाबाट गुज्रिनुपर्ने अवस्था छ ।’
दार्शनिक हर्मन गोड्सेनको भनाई सम्झिँदै उनले कुनै पनि देशको प्रहरी सेवाको गुणस्तर त्यस देशको लोकतन्त्रको गुणस्तरको मापक भएको बताए ।
प्रहरीको मनोबल जगाइराख्नुपर्ने अवस्था टड्कारो रहेको कुरा सबैले अनुभूत गरेको विषय रहेको उल्लेख गर्दै कार्कीले भने– ‘आधारभूत पोषण प्रहरीलाई अपर्याप्त रहेको विषय आजको दिनसम्म सबैले बुझेको विषय हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण