कांग्रेस बैठकमा कार्यवाहकसहित ५ पदाधिकारीले धारणा राख्न बाँकी
काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अब कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ५ पदाधिकारीले धारणा राख्न बाँकी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा अहिले सहमहामन्त्री भीष्मराज आङ्देम्बेले धारणा राखिरहेका छन् ।
एक पदाधिकारीका अनुसार आङ्देम्बेपछि सहमहामन्त्री उमाकान्त चौधरी, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ र कार्यवाहक सभापति खड्काले धारणा राख्न बाँकी छ ।
बिहीबारको बैठकमा धारणा राख्ने क्रम सक्ने तयारी छ । त्यसबारे कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी गराएको ती सदस्यले बताए ।
बैठकमा महाधिवेशनको विषयमा विवाद छ । कांग्रेसमा संस्थापनले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेको छ भने संस्थापन इतर र महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
मध्यमार्गी समाधानको बाटा खोज्न नेताहरू सक्रिय छन् । पुस मसान्तभित्रै महाधिवेशन गर्ने मध्यमार्गी कार्यतालिका ल्याउने तयारी छ ।
महाधिवेशनलाई लिएर केन्द्रीय कार्यसमिति बाहिर समेत विभिन्न भेला भइरहेका छन् । यसले पार्टी विभाजनसम्म लैजाने चिन्ता बढाएपछि नेताहरू मध्यमार्गी बाटो पहिल्याउन सक्रिय छन् । बिहीबारको बैठकमा धारणा राख्ने क्रम सकिएपछि निर्णयमा समझदारी जुटाउन एक–दुई दिन बैठक स्थगित गरिने एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण