हरुवाहरूले विशेष महाधिवेशन चाहेका छन् : किशोरसिंह राठौर
बिहीबार, २७ कात्तिक २०८२, १४ : २१
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले विशेष महाधिवेशनको कुरा उठाएका छन्।
- उनले पार्टीभित्रका केही नेताहरूले पनि विशेष महाधिवेशन चाहेको बताए।
- राठौरले पार्टी एक ढिक्का भएर जानुपर्ने भन्दै निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले १४ औँ महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै सहमहामन्त्री राठौरले केही केन्द्रीय समितिमा रहेकालाई पनि महाधिवेशन चाहेको बताए ।
‘बाहिर हरुवाहरूले विशेष महाधिवेशन चाहेका छन्,’ राठौरले भने, ‘केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ ।’
राठौरले पार्टी एक ढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण फागुन २ज्ञ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताए ।
आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको उनको भनाइ छ ।
‘मैले बुझेको कांग्रेस आन्तरिक चुनावले खत्तम भयो,’ राठौरले भने, ‘त्यसैले हामी एक ढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण