चीनले ऊन्युको पातबाट निकाल्यो दूलर्भ धातु मोनाजाइट
काठमाडौँ । पछिल्लो समय देशहरूकाबिचमा दुर्लभ खनिजका लागि लडाइँ भइरहेको छ । यस्ता खनिजको सबैभन्दा ठुलो भण्डार भएको देशले भविष्यमा धेरै कुरामा नियन्त्रण हासिल गर्नेछ । यसबिच, वैज्ञानिकहरूले एउटा महत्त्वपूर्ण खोज गरेका छन् ।
दुर्लभ धातुहरूको स्रोत फेला पार्ने र वातावरणमैत्री तरिकाले निकाल्ने खोजमा चिनियाँ नेतृत्वको एक वैज्ञानिक टोलीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
एउटा ज्यूँदो ऊन्युको बिरुवाभित्र प्राकृतिक रूपमा हुने मोनाजाइट खनिजहरू पत्ता लगाएको दाबी उनीहरूले गरेका छन् । यो खनिज बहुमूल्य दुर्लभ धातुहरूले भरिपूर्ण छ र आधुनिक प्रविधिको लागि आवश्यक मानिन्छ ।
साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्ट अनुसार, वैज्ञानिकहरूले हाइपर–अक्यूमुलेटर भनिने विशेष बिरुवामा सानो आकारका मोनाजाइट खनिजहरू पत्ता लगाएका छन् ।
यसको पात र तन्तुमा वरपरको माटो भन्दा सयौँ गुणा बढी धातु जम्मा पारेर राख्ने क्षमता पाइएको छ । यसभित्र दुर्लभ पृथ्वी धातु खनिजहरू बनेको घटना यस अघि कहिल्यै देखिएको थिएन । अध्ययनको प्रतिवेदन यही महिना वातावरणीय विज्ञानको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।
उत्खननमा अब होला त बोट बिरुवाको प्रयोग ?
अनुसन्धानका अनुसार यो खोजले फाइटोमाइनिङ अर्थात् बोटबिरुवाहरू प्रयोग गरेर खानीलाई ठुलो मात्रामा सफल र व्यावहारिक बनाउन सक्छ ।
यो प्रविधिले उत्खनन, भारी मेसिनरी वा प्रदूषणको आवश्यकतालाई पनि हटाउँछ । बिरुवाहरूले आफैँले माटोबाट धातुहरू अवशोषित गर्छन् र तिनीहरूलाई आफैँ भित्र भण्डारण गर्छन् । यसलाई सुरक्षित रूपमा निकाल्न सकिन्छ ।
यो अनुसन्धान चीनको ग्वाङ्झाउ इन्स्टिच्युट अफ जियोकेमिस्ट्री र अमेरिकाको भर्जिनिया टेकका वैज्ञानिकहरूको टोलीले गरेका हुन् ।
उनीहरूले दक्षिणी चीनको माटोबाट ब्लेकनम ओरिएन्टेल नामक ऊन्युको प्रजातिको नमुनाहरू सङ्कलन गरेका थिए । विश्लेषणको क्रममा ऊन्युको पातमा सबैभन्दा धेरै दुर्लभ धातुहरू केन्द्रित भएको पाइयो । यसको जरा र डाँठमा पनि यी धातु भेटिएको थियो ।
केमा प्रयोग हुन्छ मोनाजाइट ?
सामान्य तापक्रममा मोनाजाइट बिरुवाको बाहिरी तन्तुमा क्रिस्टलाइज भएर बसेको अध्ययनमा पाइयो । यो खनिज सामान्यतया अत्यधिक गर्मी र दबाबमा बन्छ । मोनाजाइटमा सेरियम, ल्यान्थानम र नियोडिमियम जस्ता धातुहरू हुन्छन् ।
यो खनिज ताप, विकिरण र क्षरण प्रतिरोधी हुन्छ । त्यसैले, यसलाई लेजर, प्रकाश उत्सर्जक यन्त्र, उद्योगमा उच्च–तापमान भएका कोटिंग्स र रेडियोधर्मी फोहोरको व्यवस्थापनमा प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण