सांसदमाथि कुटपिट नगरिएको सभामुखको दाबी
बिहीबार, २७ कात्तिक २०८२, २१ : ४९
काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसदहरूमाथि कुटपिट नगरिएको दाबी गरेका छन् । उनले बिहीबार सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् ।
'गलत समाचारहरू आएका छन्, प्रहरीकै बिचमा उहाँहरूलाई केही गर्ने कुरा आएन । हाम्रो त्यस्तो योजना पनि थिएन,'सभामुख मण्डलले भने ।
यता माओवादी केन्द्र संसदीय दलका नेता भरत शाहले भने प्रदेश सांसद राजु गुप्ता, महेश यादव र उपेन्द्र महतोलाई प्रदेश सभाभित्र कुटपिट गरिएको बताए ।
बिहीबार प्रदेश सभामा पद अनुकूल आचरण नगरेको भन्दै ७ दलले सभामुख मण्डलविरुद्ध प्रदेश सभामा प्रस्ताव दर्ता गराएका थिए ।
सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता कार्यकर्ताहरू र प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबिच झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण