आठ महिनाका लागि देशभर खुल्यो जग्गाको कित्ताकाट
सारांश
- सरकारले भूउपयोगसम्बन्धी नियमावली संशोधन गर्दै देशभर जग्गाको कित्ताकाट खुला गरेको छ।
- यसअघि कित्ताकाट बन्द हुने भनिएका स्थानीय तहमा २०८३ असार मसान्तसम्म कित्ताकाट गर्न पाइनेछ।
- यो निर्णयले घरजग्गा कारोबारमा सुधार आउने अपेक्षा गरिएको छ।
काठमाडौँ । करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।
यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो ।
संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने यसअघि नै कित्ताकाट खुला रहँदै आएको थियो, असारपछि पनि यो निरन्तर रहनेछ ।
कित्ताकाट गर्न बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि कित्ताकाट बन्द हुनेछ ।
देशभरमा ७५३ स्थानीय तह छन् । त्यसमध्ये दुई तिहाइ स्थानीय तहमा कित्ताकाट रोकिँदा कारोबार र राजस्व समेत प्रभावित हुँदै आएको थियो । यो निर्णयले घरजग्गा कारोबारमा केही हदसम्म सुधारको अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण