अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक नभएको र चुनाव गराउने नाटक मात्र गरेको बताए।
- ओलीले चुनावको मिति नजिकिँदै गर्दा नेताहरूलाई स्थान हद तोक्नु जनता झुक्याउने खेल भएको आरोप लगाए।
- ओलीले एमालेमाथिको आक्रमणलाई राष्ट्रियता, विकास र समृद्धिका कामबाट जवाफ दिने बताए।
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने अध्यक्ष ओलीको भनाइ छ ।
नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार राति भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताएका हुन् ।
अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको अवस्थामा नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने,निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने– ‘राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण निस्तेज पार्ने भन्दै राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका कामबाटै जवाफ दिने दावी गरे ।
त्यसक्रममा अध्यक्ष ओलीले गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए ।
बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ को विध्वंस, आगजनी, र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण