यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली बन्द
शुक्रबार, २८ कात्तिक २०८२, ११ : ३३
सारांश
- यातायात व्यवस्था विभागले सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द गरेको छ।
- मीनभवनस्थित डेटा सेन्टरमा प्राविधिक समस्या आएका कारण सेवा बन्द गरिएको हो।
- डिजिटल ड्राइभिङ लाइसेन्स आवेदन, नवीकरण लगायतका सेवाहरू तत्काल सञ्चालनमा आउने छैनन्।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।
विभागको मीनभवनस्थित डेटा सेन्टरमा उत्पन्न प्राविधिक समस्याका कारण इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स प्रणाली तथा applydlnew.dotm.gov.np मार्फत प्रदान गरिने सेवा आजदेखि पूर्ण रूपमा बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ।
विभागका अनुसार कार्तिक १६ गतेदेखि आंशिक रूपमा सञ्चालनमा रहेको थियो । अब समस्या समाधान नभएसम्म सेवा पुनःसञ्चालन नहुने विभागको भनाइ छ। सेवा अवरुद्ध रहेकाले अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन, नवीकरण तथा अन्य डिजिटल सेवाहरू तत्कालका लागि सञ्चालनमा आउन नसक्ने विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण