सुमना र सन्तोष पार्टी छाडेपछि गणेशले भने– समस्या छन्, समाधान खोजौँ
शुक्रबार, २८ कात्तिक २०८२, १७ : ११
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेका छन्।
- केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीभित्र समस्या रहेको र समाधान खोज्नुपर्ने बताएका छन्।
- कार्कीले पार्टी छाड्नुको कारण खोज्नुपर्ने र सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने सुझाव दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेपछि केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीभित्र समस्या रहेकाले समाधान खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा कार्कीले लेखेका छन्– ‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएपछि छोड्यो भन्ने होला अब । अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ?’
कार्कीले सांसद नै नभएका केन्द्रीय सदस्य डा.प्रभात र हरिले छोडेको भन्दै तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ? भनेका छन् ।
‘समस्या छन्, समाधान खोजौँ । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौँ । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ’,कार्कीको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण