कार्य प्रगति सन्तोषजनक छैन, गति बढाएर काम गर्नुस् : प्रधानमन्त्री कार्की
काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरूको उपस्थितिमा समीक्षा बैठक बसेको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिए । उनको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरूले आआफ्नो टिप्पणी र सुझाव दिएका थिए ।
प्रधानमन्त्री कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिइन् । उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।
आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै भएको उनले बताइन् ।
सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्री र सचिव लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुने भन्दै आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न निर्देशन दिइन् ।
‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीज्यूहरू र सचिवज्यूहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’
उनले अगाडि भनिन्,'नेपालको राजनीतिक संरचना अनुसार हाल हामी तीन तहको सरकारको अभ्यास गरिरहेका छौँ। नेपाल सरकार सङ्घीय सरकार मात्र नभएर राष्ट्रिय सरकार पनि हो। यसै भावनाबाट प्रेरित भएर आ–आफ्नो विषयगत कार्यक्षेत्रमा र सेवा प्रवाहमा प्रदेश सरकारका निकायहरू र स्थानीय तहहरूसँग पनि प्रभावकारी समन्वय र सहकार्य गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्न अनुरोध गर्दछु।'
उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन राज्यका सबै निकायहरूको सक्रिय भूमिकाको आवश्यकता पर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले जनताको अपेक्षा र आकाङ्क्षा सम्बोधनका लागि सबैले कामको गति अझै बढाउनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण