अपडेट
बिहार विधानसभा निर्वाचन: दुई सिटको नतिजा आउन बाँकी, भाजपा सबैभन्दा अगाडि
शुक्रबार, २८ कात्तिक २०८२, २३ : १९
सारांश
- बिहार विधानसभा निर्वाचनमा भाजपा ८९ सिटसहित पहिलो स्थानमा छ।
- जनता दल युनाइटेड (जेडीयू) ८५ सिटमा जितसहित दोस्रो स्थानमा छ।
- निर्वाचनको नतिजा आउन बाँकी १० सिटमध्ये राष्ट्रिय जनता दल र आईआईपी अग्रतामा छन्।
काठमाडौँ । बिहार विधानसभा निर्वाचनका पछिल्लो नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा अगाडि देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक मतपरिणामअनुसार भाजपा ८९ सिटसहित पहिलो स्थानमा रहेको छ।
दोस्रो स्थानमा रहेका जनता दल युनाइटेड (जेडीयू) ले ८५ सिटमा जित दर्ता गरेको छ। तेस्राे स्थानमा रहेकाे राष्ट्रिय जनता दलले २४ सिटमा जित हासिल गरेकाे छ ।
हालसम्म दुई सिटको नतिजा आउन बाँकी छ। तीमध्ये राष्ट्रिय जनता दल र आईआईपी एक–एक सिटमा अग्रतामा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण