जिल्ला प्रशासन रौतहटमा शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण
शनिबार, २९ कात्तिक २०८२, ०७ : ०६
सारांश
- रौतहट जिल्ला प्रशासन कार्यालयले शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा दिने भएको छ।
- निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अद्यावधिक गर्न यो सेवा सञ्चालन गरिएको हो।
- कार्यालयले व्यस्त नागरिकलाई ध्यानमा राख्दै शनिबार पनि सेवा दिने जनाएको छ।
रौतहट । जिल्लावासीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय, रौतहटले आज (शनिबार) पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सञ्चालन गर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हुँदा सेवा सहज बनाउन शनिबारसमेत सेवा खुला राखिने उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीद्वारा हस्ताक्षरित सूचना मार्फत कार्यालयले सर्वसाधारणलाई शनिबार नियमित कार्यालय समयभित्र आई आवश्यक विवरण दर्ता गराउन अनुरोध गरेको छ।
जिल्ला प्रशासनका अनुसार सेवा विस्तारले विशेषगरी व्यस्त समयका कारण कार्यदिवसमा उपस्थित हुन नसक्ने नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण