राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : ज्ञवाली
शनिबार, २९ कात्तिक २०८२, १२ : ००
सारांश
- एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र विकासका लागि एकताको आवश्यकता औंल्याए।
- उनले देश विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको बताए।
- ज्ञवालीले एमालेलाई पुन: ऊर्जाशील बनाउने अभियान सुरु भएको जानकारी दिए।
गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको बताए ।
नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए ।
हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण