शुक्रबार उद्घाटन भएको ‘शान्ताको अचार’को वीरेन्द्रनगर शाखामा आगलागी
सारांश
- सुर्खेतस्थित 'शान्ताको अचार' उद्योगमा आगलागी भएको छ, जुन शुक्रबार मात्रै उद्घाटन भएको थियो।
- आगलागी बिहान ३ बजेतिर भएको थियो र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो, तर १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
- पूर्वसांसद शान्ता चौधरीले घटनालाई शंकास्पद भन्दै अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन्।
सुर्खेत । नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी भएको छ ।
शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।
प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, प्रहरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।

चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’
विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण