बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार
सारांश
- बिहारका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने भएका छन्, जसले नयाँ विधानसभाको बाटो खोल्नेछ।
- मुख्यमन्त्रीले मन्त्रिपरिषद बैठकपछि राज्यपाललाई राजीनामा बुझाउनेछन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
- एनडीएको बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नेछ, र नीतीश कुमार नै फेरि मुख्यमन्त्री बन्ने सम्भावना छ।
पटना । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने भएका छन् । विधान सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले साविकको विधान सभा विघटनका लागि सिफारिस गर्ने र नयाँ विधानसभाको कार्यकाल आरम्भका लागि बाटो खोल्न लागेको बताइएको छ ।
भारतीय निर्वाचन आयोगले आज बिहारका राज्यपाल समक्ष १८ औँ विधानसभाको निर्वाचन परिणामबारे औपचारिक जानकारी दिने भएको छ ।
सोमबार मुख्यमन्त्री नीतीश कुमारले आफ्नो नेतृत्वको मौजुदा मन्त्रिपरिषदको बैठक राखेर १७ औँ विधानसभा विघटनको सिफारिस गर्ने भएका छन् । त्यस लगत्तै उनले राज्यपाल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाउने छन् । उनको राजीनामापछि नै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
नीतीश कुमारको राजीनामापछि सत्ता गठबन्धन ‘एनडीए’का सबै घटकका सांसद सम्मिलित बैठक आयोजना हुनेछ । उक्त बैठकले एनडीएको नेता चुन्ने छ, जो बिहारको नयाँ मुख्यमन्त्री बन्नेछन् । एनडीए सांसदहरूको बैठकले आफ्नो नेता चयन गरेपछि तिनै नेतालाई मुख्यमन्त्री नियुक्त गर्न राज्यपाल समक्ष सिफारिस गरिने जनाइएको छ ।
निर्वाचन अघि नै एनडीएमा नीतीश कुमारलाई नै मुख्यमन्त्री बनाउने सहमति भइसकेको थियो । त्यसैले नीतीश कुमार नै फेरि मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ ।
नयाँ कार्यकालका लागि १९ या २० नोभेम्बरमा मुख्यमन्त्रीको शपथ हुने बताइएको छ । गान्धी मैदानमा शपथ समारोह आयोजनाको तयारीसमेत भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण