अवैध लागुऔषध सहित २ जना पक्राउ
आइतबार, ३० कात्तिक २०८२, १२ : १४
सारांश
- सिराहामा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
- प्रहरीले भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगर फेला पारेको हो।
- पक्राउ पर्नेमा सप्तरी र सिराहाका २ जना युवा छन्, र उनीहरुको साथबाट १.६ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाईकल पछाडि सवार सिराहाको लहान नगरपालिका– १ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेका छन् ।
उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम फेला परेकोले रीतपूर्वक बरामद गरी निज दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण