बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

क्रूजिंगको नयाँ अनुभव : रोयल एनफिल्डको २०२५ मेटिओर ३५० नेपालमा

आइतबार, ३० कात्तिक २०८२, १६ : ०७
आइतबार, ३० कात्तिक २०८२

काठमाडौँ । मध्यम आकारका मोटरसाइकल सेग्मेन्टमा विश्व–अग्रणी ब्रान्ड रोयल एनफिल्डले आइतबार नेपालमा नयाँ तथा ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ।

मनोरञ्जनात्मक यात्रादेखि घुमाउरा राजमार्ग र सहज तथा आरामदायी सफरसम्मका लागि डिजाइन गरिएको मेटिओर ३५०, आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, स्मूद प्रदर्शन र रिल्याक्स्ड राइडिङ पोजिसनका कारण मध्यम आकारका क्रूजर मोटरसाइकल सेग्मेन्टमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

२०२० मा पहिलोपटक बजारमा आएको मेटिओर ३५० ले लामो दूरीका सहज यात्रादेखि शहरी सडकमा सुसंस्कृत र सहज सवारीका लागि परिष्कृत, सुलभ र भरपर्दो मोटरसाइकलको रूपमा आफ्नो प्रतिष्ठा स्थापित गरिसकेको छ। यसको नयाँ रूपान्तरणमा, ‘इजी क्रूजर’ चार भेरियन्ट—फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा—मा उपलब्ध छ, जसमा सात आकर्षक रङ विकल्प र थप उन्नत सुविधाहरू समावेश छन्।


लोकप्रिय ३४९ सिसी एयर–कुल्ड जे–सिरीज इन्जिनद्वारा संचालित नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी @ ६१०० आरपीएम र २७ एनएम टर्क @ ४००० आरपीएम प्रदान गर्छ। यो रिफ्रेश्ड रेंज अहिले थप आकर्षक सुविधासहित बजारमा आएको छ। सबै भेरियन्टमा एलईडी हेडलाम्प अब मानक रूपमा उपलब्ध भएकाले यो ३५० सिसी क्रूजर मोटरसाइकल नेपालका लामो दूरीका मोटरसाइकल प्रेमीको प्रमुख रोजाइ बन्न पुगेको छ।

रोयल एनफिल्डले मेटिओर ३५० लाइनअपलाई नयाँ रङ स्किमहरूसहित पुनः परिकल्पना गरेको छ। शीर्ष श्रेणीको सुपरनोभा भेरियन्ट अब आधुनिक रङ संयोजन र क्रोम फिनिशसहित उपलब्ध छ। यस्तै, ऑरोरा भेरियन्टले परम्परागत शैलीबाट प्रेरित रेट्रो–फिनिस रङ विकल्प ल्याएको छ, जसले रेट्रो लुक मन पराउने सवारहरूलाई आकर्षित गर्छ।

स्टेलर भेरियन्टमा संयमित तथा बोल्ड रङको मिश्रण छ भने फायरबल भेरियन्टका उज्याला र जीवन्त रङहरूले स्वतन्त्र भावनासहित एक्लै सवारी गर्न रुचाउने युवाहरूलाई आकर्षित गर्छन्। यी अपडेटहरूसँगै, रोयल एनफिल्डले यस वर्षको उत्सवमा ग्राहकहरूलाई नयाँ, ताजा र रोमाञ्चक क्रूजिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ २०२५ मेटिओर ३५० को बारेमा बोल्दै, आइचर मोटर्स लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा रोयल एनफिल्डका मुख्य कार्यकारी अधिकारी बी. गोविन्दराजनले भने,“दशकौँदेखि रॉयल एनफिल्डको ‘शुद्ध र अविकल सवारी अनुभव’ को दर्शनले विश्वभरका सवारहरूलाई गहिरो रूपमा आकर्षित गर्दै आएको छ। २०२० मा मेटिओर ३५० सार्वजनिक भएपछि हामीले ती नयाँ पुस्ताका सवारहरूलाई समेट्यौँ, जो सडकमा आफ्नो छुट्टै पहिचान खोजिरहेका थिए। 

आज मेटिओर ३५० क्रूजर डिजाइन र रिल्याक्स्ड राइडिङ शैली मन पराउने सवारहरूको पहिलो रोजाइ बनेको छ–चाहे ती छोटो शहरी यात्रा हुन् वा सहर–बाहिरका लामो सफर। मेटिओर ३५० केवल मोटरसाइकल होइन, सहज यात्राको जीवनशैली र खुलेआम सडक अनुभवको प्रतीक हो। नेपालमा यसको अद्यावधिक संस्करण ल्याउन अत्यन्त उत्साहित रहेके र  बढ्दै गएको समुदायको अनुभवलाई अझ उचाइमा पुर्‍याउने विश्वास रोयल एनफिल्डले राखेके छ। 

रिफ्रेश भएको मेटिओर ३५० रेंज ती सवारका लागि उपयुक्त छ, जो राजमार्ग र शहरी सडक दुवैमा आरामदायी तथा स्थिर यात्राको खोजीमा छन्। यसको सहज र आरामदायी राइडिङ पोजिसन, भित्री रूपमा एकीकृत सुविधाहरू र प्राविधिक सुधारहरूले लामो यात्रालाई अझै अविस्मरणीय बनाउँछ।

सुरुआतदेखि नै, मेटिओर ३५० ले विश्वभरमा पाँच लाखभन्दा बढी सन्तुष्ट मालिकहरूको सशक्त समुदाय निर्माण गरेको छ। ६५ भन्दा बढी देशमा बिक्री हुने यो मोटरसाइकललाई मोटरसाइकल विशेषज्ञहरूले “थरब्रेड इजी क्रूजर” को रूपमा मान्यता दिएका छन्। सुरुवाती वर्षमै हासिल गरेको प्रतिष्ठित ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ पुरस्कार पनि यसको लोकप्रियताको प्रमाण हो।


नयाँ २०२५ मेटिओर ३५० अहिले विभिन्न विशेष जेन्युइन मोटरसाइकल एक्सेसरी (GMA) किटहरूसहित उपलब्ध छ, जसले प्रत्येक भेरियन्टको रूप, कार्यक्षमता र व्यक्तिगत शैलीलाई अझै उचाइमा पुर्‍याउँछ।

• अर्बन किट : ब्ल्याक ड्र्याग ह्यान्डलबार, ब्ल्याक राउन्ड बार–एन्ड मिरर, ब्ल्याक लो–राइडर सिट, टिन्टेड फ्लाइसक्रिनआदि।
• ग्र्यान्ड टुरर किट : ब्राउन टुरिङ राइडर तथा पिलियन सिट, ब्ल्याक प्रिमियम लङ–हॉल प्यानियर, प्यानियर रेल्स, राइडर र पिलियनका लागि डिलक्स फुटपेक, ब्ल्याक टुरिङ ह्यान्डलबार, ब्ल्याक एलईडी फग लाइट्स, ब्ल्याक राउन्ड मिरर आदि।

ग्राहकहरूले आकर्षक मूल्यमा उपलब्ध नयाँ २०२५ मेटिओर ३५० नजिकको रॉयल एनफिल्ड शोरूम, रॉयल एनफिल्ड एप वा कम्पनीको वेबसाइटमार्फत अवलोकन तथा अर्डर गर्न सक्छन्।

भेरियन्ट तथा मूल्य सूची:
फायरबल – फायरबल अरेन्ज, फायरबल ग्रे – रु ५,७७,०००
स्टेलर – स्टेलर म्याट ग्रे, स्टेलर म्यारेन ब्लु – रु ५,८७,०००
ऑरोरा – ऑरोरा रेट्रो ग्रिन, ऑरोरा रेड – रु ५,९१,९००
सुपरनोभा – सुपरनोभा ब्ल्याक – रु ५,९७,०००


यसका अतिरिक्त, रॉयल एनफिल्डले अब आफ्ना सबै मोटरसाइकलमा ७ वर्षसम्मको विस्तारित वारेन्टी तथा रोडसाइड असिस्टेन्सको सुविधा उपलब्ध गराएको छ।

यो योजनाअन्तर्गत मानक ३ वर्ष / ३०,००० किमिको वारेन्टीभन्दा थप ४ वर्ष वा ४०,००० किमि (जे पहिले पुग्छ) सम्म अतिरिक्त सुरक्षा प्रदान गरिन्छ, जसले प्रत्येक यात्रामा दीर्घकालीन भरोसा र मनको शान्ति सुनिश्चित गरेके रोयल एनफिल्डले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप