फिर्ता भएका ४ जना राजदूतको राजीनामा स्वीकृत
सारांश
- सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत भएको छ।
- अमेरिका, चीन, कतार र बेलायतका राजदूतहरूले विभिन्न मितिमा राजीनामा दिएका थिए।
- सर्वोच्च अदालतको आदेशका बाबजुद परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाएको थियो।
काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये ४ जनाले राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, बेलायतका चन्द्रकुमार घिमिरेले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा दिएका थिए ।
सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेस गरेका थिए । सो राजीनामा स्वीकृत भएको जनाइएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्र नेपाल आइपुग्ने गरी विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो ।
तर त्यसको भोलिपल्ट अर्थात १७ गते परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । केही राजदूतहरूले भने परराष्ट्र मन्त्रालयमा गएर हाजिर गर्दै दिन बिताउने गरेका छन् ।
रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान भने फिर्ता भएका छैनन् । उनी अस्वस्थ भएका कारण बिदा लिएर उतै उपचार गराइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उनी पनि फिर्ता हुने प्रक्रियामा रहेका छन् । राजदूत चौहानका ठाउँमा दूतावासका सहचारी कसम पोखरेलले कार्यवाहक भएर काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण