कृषि औजार मार्फत् आलु रोप्दै किसान
सारांश
- चितवनका किसानहरूले आलु खेतीका लागि भारतबाट ल्याएको नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन्।
- नयाँ प्रविधिले आलु रोप्न र खन्न सजिलो बनाएको छ, जसले गर्दा समय र खर्च दुवैको बचत हुन्छ।
- उपकरणले एकैपटक मल र बीउ राख्ने र ठूला गरामा छिटो काम गर्ने किसानको अनुभव छ।
चितवन । किसानले आलु खेतीका लागि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका हुन् । विगत लामो समयदेखि आलुखेती गर्दै आएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्यालले भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिए ।
आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उनले जानकारी दिए। उनका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा (२६ कठ्ठा) रोप्नका लागि तीन घण्टा लागेको उनको भनाइ छ ।
सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उनले जानकारी दिए ।
यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिइन् ।
यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उनले बताए । ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलुखेती गर्ने किसानलाई सहज बनाएको छ ।
अहिले आलु लगाउने मुख्य मौसमको रुपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण