बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा आज फैसला आउने
ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा आज फैसला आउने भएको छ । उनीविरुद्ध ‘मानवताका विरुद्ध अपराध’ मुद्दामा अदालतले आज फैसला सुनाउने छ ।
स्थानीय समय अनुसार सोमबार बिहान ११ गते अदालतले फैसला सुनाउने जनाइएको छ । अभियोजन पक्षले तत्कालीन प्रधानमन्त्री हसिना र असदुज्जमां खान कमालविरुद्ध अधिकतम सजाय अर्थात् मृत्यु दण्डको माग गरेको छ ।
यसैबिच बंगलादेशको सर्वोच्च अदालतले सेनाको मुख्यालयलाई पत्र लेख्दै फैसला अघि उक्त मुद्दाको सुनुवाइ चलिरहेको ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण’ (आईसीटी)मा सुरक्षा कडा तुल्याउन अनुरोध गरेको छ ।
शेख हसिना र तीन अन्य अभियुक्तका सम्बन्धमा फैसला सुनाउँदा इजलासबाटै प्रत्यक्ष प्रसारण गरिने भएको छ । बंगलादेश टेलिभिजन (बीटीभी)ले अदालतको कारबाहीको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।
गत वर्ष विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनलाई दबाउन अत्यधिक बल प्रयोग गरेको र ठुलो नरसंहार गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री हसिना र उनका सहयोगीविरुद्ध मुद्दा चलेको हो । हसिला हाल भारतमा शरण लिएर बस्दै आएकी छन् ।
उनले आफूमाथि लाग्दै आएको आरोपलाई अस्वीकार गरेकी छन् । हसिनाका समर्थकहरू सडकमा उत्रिने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण