बंगलादेशमा नरसंहारका आरोपित तीन जनामध्ये एक जनामात्र अदालतमा उपस्थित
ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा सरकारले गरेको नरसंहारका सम्बन्धमा सुनुवाइ गरिरहेको अदालतले सोमबार आफ्नो फैसला सुनाउँदैछ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासले उक्त मुद्दामा फैसला सुनाइरहेको हो । इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।
तीन सदस्यीय इजलासमा तत्कालीन प्रधानमन्त्री शेख हसिना, तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई प्रतिवादी बनाइएको मुद्दामाथि लामो सुनुवाइ भएको हो ।
मुद्दाको फैसला सुनाउने क्रममा पनि इजलासमा तत्कालीन प्रहरी महानिरीक्षक चौधरी उपस्थित छन् भने हसिना र असदुज्जमान अनुपस्थित छन् । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताउँदै आएकी छन् ।
इजलासले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत इजलासले ठहर गरेको छ । इजलासले उक्त कसुरको सजाय सुनाउन भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण