बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्षसँग भोलि मिल्ने कुरा भएको छ : धवलशमशेर राणा

सोमबार, ०१ मङ्सिर २०८२, १७ : ३५
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • राप्रपाका अध्यक्ष र महामन्त्रीबीचको सम्बन्ध सुधारका लागि पोखरा महानगरको अधिवेशनमा सहमति भएको छ।
  • महामन्त्री धवलशमशेर राणाले अध्यक्षसँग मिल्न तयार रहेको र महाधिवेशनको मिति तोक्नुपर्ने बताए।
  • राणाले अन्य दलहरूलाई पार्टीमा स्वागत गर्न र सबै राजावादी राष्ट्रवादीलाई एकीकृत गर्न सुझाव दिए।

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले आफू अध्यक्ष राजेन्द्र लिङ्देनसँग मिल्न तयार रहेको बताएका छन् । साेमबार पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

‘हाम्रो कारणले कार्यकर्तालाई धेरै अप्ठ्यारो छ, मैले बुझ्या छु । तपाईंहरुले मिलेर आउनुपर्छ भन्नुभएको छ । हामी मिलेरै आउने हो, लडाईं गर्ने पक्षमा छैन,’ उनले भने- ‘धेरै पटक म अध्यक्षज्यूको घर गएकाे छु मिलम भनेर । आज पनि कुरा भएकाे छ । भोलि मिल्ने कुरा भा’छ ।’

उनले मिल्नुको कुनै विकल्प नरहेको बताए । राणाले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘मङ्सिरको १५ गते हाम्रो कार्य समितिको कार्यकाल सकियो । हामीले अब महाधिवेशनको डेट तोक्ने र चुनाव भन्दा पहिले नयाँ म्यान्डेट लिएर चुनावमा जानुपर्छ,’ अघि भने– ‘अहिलेको परिस्थितिमा हामी चुनावमा गयौँ भने हामीलाई गाह्रै होला, त्यो भन्दा बढी नभनौँ ।’ 

महाधिवेशन निष्पक्ष गर्न समेत उनले अध्यक्ष लिङ्देनलाई चेतावनी दिए । राणाले अरू दलहरू समेत अहिले मिल्नका लागि तयार भएकोले उनीहरूलाई पार्टीले ठुलो छाती बनाएर स्वागत गर्नुपर्ने बताए । 

 ‘कमल थापाको पार्टी मिल्न खोज्ने स्थितिमा छ । हामीले ठुलो हृदय राखेर जे जे भयो भयो भनेर स्वागत गर्नुपर्छ,’ उनले भने–  ‘उहाँहरूले वार्ता समिति बनाउनुभएको छ, हामीले पनि बनाउनुपर्छ । मेरो अध्यक्ष ज्यूलाई आग्रह छ ।’ 

सबै राजावादी राष्ट्रवादीलाई एकीकृत गर्ने गरी तयारी गर्न उनले सुझाव दिए ।  केही समययता अध्यक्ष लिङ्देन र महामन्त्री राणाबिच पानी बाराबारको स्थिति रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप