एनपीएल उद्घाटन खेलः डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित
काठमाडौँ । आजबाट सुरु भएको सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमन्डु गुर्खाजले पराजित गरेको छ ।
टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमन्डु गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।
काठमन्डुको जितमा ब्रेन चार्ल्सवर्थले सर्वाधिक रन बनाए । २३ बलमा ३ छक्का र पाँच चौकाको मद्दतमा उनले ४६ रन जोडे । त्यस्तै आकाश त्रिपाठीले ३६ रनको योगदान दिए । मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रन बनाए ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १३१ रनको सामान्य लक्ष्य दिएको थियो । उसका लागि मार्की प्लेयर आशिफ साहले अर्धशतकीय पारी खेलेका थिए भने मयन यादवले ३४ रन बनाएका थिए । काठमन्डुका मिलिन्दले आज तीन विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण