राजनीतिक निकास दिन नयाँ सहमति आवश्यक: अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक निकासका लागि सर्वपक्षीय सम्मेलनको आवश्यकता औंल्याए।
- उनले प्रधानमन्त्रीलाई सहमतिका लागि भूमिका खेल्न आग्रह गरे, भने हेमजङ्ग गुरुङले जेनजीलाई समेट्नुपर्ने बताए।
- महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने बताए।
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबिच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
राप्रपा पोखरा महानगर समितिको नगर अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशलाई राजनीतिक निकास दिन प्रधानमन्त्रीले सर्वपक्षीय सहमतिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले राप्रपाले उठाउँदै आएको सुशासनलगायतका मुद्दा जेनजीले उठाएर अगाडि बढेकाले राप्रपाले जेनजीलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे। पार्टीका महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने भनाइ राख्दै ठुला दलहरूबाट आजित भएका नेपाली जनताले परिवर्तन खोजिरहेकाले त्यसकै फलस्वरूप अहिलेको अवस्था आएको बताए ।
पोखरा नगर अधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण