उत्कृष्ट करदाताहरू सम्मानित
सारांश
- आन्तरिक राजस्व कार्यालय विराटनगरले 'कर प्रणालीको सार, लगानीको आधार' नाराका साथ १४औँ राष्ट्रिय कर दिवस मनायो।
- एमएडब्लु हायर पर्चेज प्रालि, हेल्थ एण्ड हाइजिन प्रोडक्सन प्रालि र अम्बे इम्पोर्ट प्रालिलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरियो।
- कार्यालयका अनुसार विराटनगरमा दुई लाखभन्दा बढी व्यक्तिगत र ५९ हजारभन्दा बढी व्यावसायिक पान नम्बर छन्।
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’ प्रमुख नाराका साथ १४ औँ राष्ट्रिय कर दिवस मनाएको छ ।
सो अवसरमा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता एमएडब्लु हायर पर्चेज प्रालिका सञ्चालक प्राणनाथ भट्टराई, उद्योगतर्फ बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रूपमा छनोट भएको हेल्थ एण्ड हाइजिन प्रोडक्सन प्रालि र सोही वर्ष व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रूपमा छनोट भएका अम्बे इम्पोर्ट प्रालिलाई सम्मान गरिएको छ ।
विराटनगर कार्यालयबाट व्यक्तिगत पान नं लिने दुई लाख एक हजार ८५७, व्यवसाय पान नं लिने ५९ हजार ३७७ मध्ये १० हजार ९३५ भ्याटमा दर्ता भएका करदाता रहेको कार्यालय कर्मचारी राजेश साहले जानकारी दिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्र निर्माणमा करको ठुलो योगदान रहेको चर्चा गरे।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवप्रसाद उप्रेतीले विष्मपरिस्थितिमा कर असुलउपर गर्न चुनौती थपिएको भन्दै व्यवसायी र कर प्रशासनबिच सुमधुर सम्बन्ध रहनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण