परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
सारांश
- भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी खेती संरक्षण र प्रवद्र्धन थालेको छ।
- कोगटीबाट बनेका कपडाको मूल्य उच्च हुने र किसानले राम्रो आम्दानी गरिरहेका छन्।
- गाउँपालिकाले उन्नत बीउ, औजार, तालिम र बजेटमार्फत कोगटी खेतीलाई सहयोग गर्दै आएको छ।
भोजपुर। भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवद्र्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो ।
कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ । कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुन्छ । अहिले उनले २० रोपनीमा क्षेत्रमा कोगटीखेती गरिरहेका छन् । कोगटीबाट बनेको खैरो कपडा महङ्गो पर्ने उनको भनाइ छ । उनले यसको खेतीबाट गत वर्ष मात्र रु तीन लाख ५० हजार आम्दानी गरेको बताए ।
कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ । त्यसलाई तानमा लगाएर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ । बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताए । १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उनले बताए ।
गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका लागि औजार–उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त रु ३० लाख बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान–चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।
यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु २५ लाख बराबरको कोगटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वडा नं ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी खेती हुने गरेको छ । यहाँका २५–३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण