अपडेट
दुर्गा प्रसाईं पक्राउसँगै राजधानीमा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०१ : १५
१
सारांश
- राष्ट्र बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
- प्रसाईंको पक्राउको विरोधमा प्रदर्शन हुनसक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।
- प्रहरीले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका प्रसाईंलाई हिंसा भड्काउन सक्ने आशंकामा पक्राउ गरेको जनाएको छ।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण