फुटबल
विश्वकप छनोटमा जर्मनीको शानदार जीत, स्लोभाकिया ६-० ले पराजित
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०३ : ३३
सारांश
- विश्वकप छनोट खेलमा जर्मनीले स्लोभाकियालाई ६-० गोलले पराजित गर्यो।
- जर्मनीका लागि निक वोल्टेमाडे, सेर्ज ग्नाब्री, लिरोय साने, रिडले बाकु र अस्सान औएद्रागोले गोल गरे।
- यो जितसँगै जर्मनीले २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
काठमाडौँ । विश्वकप छनोट अन्तर्गत आज भएको समूह ‘ए’ को खेलमा जर्मनीले स्लोभाकियामाथि ६-० को शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा उत्रिएको जर्मनीले खेलको सुरुदेखि अन्तिम समयसम्म पूर्ण दबदबा जमाउँदै एकतर्फी नतिजा निकाल्यो।
खेलको १८ औँ मिनेटमा निक वोल्टेमाडेले पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि २९ औँ मिनेटमा सेर्ज ग्नाब्रीले उत्कृष्ट फिनिशिङसहित स्कोर २-० बनाए।
जर्मनीका लागि लिरोय साने खेलका दुई गोल गरे। उनले ३६ र ४१ औँ मिनेटमा लगातार दुई गोल गर्दै पहिलो हाफमै खेललाई जर्मनीको पक्षमा फराकिलो बनाए।
दोस्रो हाफमको ६७ औँ मिनेटमा रिडले बाकुले गोल गरे भने ७९ औँ मिनेटमा अस्सान औएद्रागोले उत्कृष्ट प्रहार गर्दै स्कोर ६-० मा पुर्याए। जितसँगै जर्मनीले विश्वकप २०२६ मा स्थान सुरक्षित गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण