नेपाली क्रिकेट मैदान सुधारमा साथ दिँदै जस्मिन पेन्ट्स
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०३ : ४८
सारांश
- जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघसँगको साझेदारी गरेको छ, जसले नेपाली क्रिकेटको विकासमा योगदान दिनेछ।
- कम्पनीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट ग्राउन्डमा उच्च गुणस्तरका पेन्ट उपलब्ध गराएको छ।
- यो साझेदारीले नेपाली क्रिकेटलाई रंगीन र उत्साहपूर्ण बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।
काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघसँगको साझेदारी मार्फत नेपाली क्रिकेटको विकासमा निरन्तर योगदान गर्दै आएको छ।
यस अवसरमा जस्मिन पेन्ट्सले प्रमुख क्रिकेट मैदान, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट ग्राउन्डमा उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराएको छ। यस पहलले खेलाडी र दर्शकका लागि सफा, उज्यालो र आकर्षक वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
यो साझेदारी केवल स्पोन्सरशिप मात्र नभई राष्ट्रिय खेलको विकासमा योगदान पुर्याउने र नेपाली क्रिकेटप्रतिको उत्साह बढाउने प्रयास रहेको कम्पनीले बताएको छ ।
३० वर्षभन्दा बढीको अनुभव र भरोसा बोकेको जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन र उत्साहपूर्ण बनाउन आफ्नो सहयोग निरन्तर जारी राख्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण