मधेसमा मुख्यमन्त्री नियुक्तिको पक्ष र विपक्षमा प्रदर्शन
सारांश
- मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना दिइरहेका बेला मुख्यमन्त्रीका समर्थकहरू पनि धर्नामा उत्रिए।
- सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिको विषयमा परेको रिटमा सुनुवाइ चलिरहेको छ, र अदालतको आदेशको प्रतीक्षा छ।
- विपक्षी दलहरूले एमालेको कारण देश राजनीतिक संकटमा फसेको आरोप लगाउँदै मधेसमा अस्थिरता निम्तिएको बताए।
धनुषा । मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना लगायतका आन्दोलनको कार्यक्रम जारी राखेको समयमा मुख्यमन्त्रीका समर्थक तथा एमालेका नेता कार्यकर्ताहरू पनि धर्नामा उत्रिएका छन् ।
मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित उनको समर्थकहरू धर्नामा बसेको छन् ।
जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।
सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए । यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो । सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाइ जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलीय गठबन्धनले मुख्यमन्त्री यादवले काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरूको आरोप छ ।
यता सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ दलीय गठबन्धनले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा आफ्नो आन्दोलनको कार्यक्रमलाई जारी राखेको छ । मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदै छ ।
यता ७ दलले मंगलबार ९औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् । धर्नामा बस्नु भएका जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इशारामा अस्थिरता निम्तिएको आरोप लगाए । उनले आफूहरू मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरू ९ औँ दिनपनि जारी राखेको बताए ।
मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेसमा आन्दोलन थालेको हो ।
नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण