दल दर्ता भएसँगै विप्लवद्वारा विशेष अभियानमा लाग्न अपिल
सारांश
- महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीको नाममा दल दर्ता प्रमाणपत्र पाएपछि नयाँ अभियानमा लाग्न आग्रह गरे।
- विप्लवले जनताको अधिकारका लागि नेकपा माओवादी नयाँ विश्वासका साथ अगाडि बढेको र भोलिदेखि विशेष अभियान सुरु हुने बताए।
- उनले भ्रष्टाचार र बेथिति विरुद्धको विद्रोहको प्रशंसा गर्दै अब सबै मिलेर भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने धारणा राखे।
काठमाडौँ । मंगलबार निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नाममा दल दर्ता प्रमाणपत्र पाएका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ विश्वाससँगै नयाँ अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आयोगबाट प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवले देशभर अभियानमा जोडिन आग्रह गरेका हुन् ।
‘जनताको अधिकारको लागि नेकपा माओवादी नयाँ विश्वास र नयाँ अभियानसँगै अगाडि बढेको छ । अब नयाँ अभियान सुरु भयो । भोलिदेखि विशेष अभियानमा लाग्न आग्रह गर्छु’, उनले भने, ‘हामी हिजो पनि जनतामै थियौँ । अब पनि जनतामै जानेछौँ । चुनाव हुन्छ । सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दललाई समेटेर निर्वाचनमा जान सक्छौँ भन्ने हाम्रो विश्वास छ ।’
भ्रष्टाचार र बेथिति विरुद्ध जेनजीले गरेको विद्रोहलाई धन्यवाद दिँदै उनले अब सबै मिलेर भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने बताए । विप्लवले कात्तिक ११ गते कम्युनिस्ट पार्टी नेपाल दर्ताका लागि निवेदन दिए । तर, ३० वर्षपछि उनी फेरि पुरानै धारमा फर्किएका छन् । चुनाव चिन्ह गुलाफ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण