नेताहरू लिएर शेखर भेट्न पुगे गगन
नेपाली कांग्रेसभित्र महाधिवेशन विवाद चुलिँदै गइरहेको बेला इतर समूहका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापासँग भेटघाट गरेका छन् ।
सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले महामन्त्री थापासहित विशेष महाधिवेशन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गरेका गुरुराज घिमिरे र देवराज चालिसेलाई बोलाएर भेट गरेका हुन् ।
कोइरालाले उनीहरूसँगको भेटमा सहमहामन्त्री जीवन परियारलाई पनि राखेका छन् ।
पार्टीभित्र विशेष महाधिवेशनको विषयमा मतभेद बढिरहेका बेला डा. कोइरालाले महामन्त्री थापालाई बोलाएर विवादको गाँठो फुकाउने प्रयास गरेका हुन् । डा. कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले विवादको गाँठो फुकाउन महामन्त्री थापासहितका नेतासँग छलफल गरेको जानकारी दिए ।
डा. कोइरालाले बिहान हस्ताक्षर भेरिफिकेशन गरेर विशेष महाधिवेशनमा जाँदा पार्टीमा थप संकट आउन सक्ने बताएका थिए ।
उनले विशेष महाधिवेशनका लागि केन्द्रीय समितिको बैठकबाट निर्णय गराएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण