पोखराविरुद्ध विराटनगरले गुमायो पहिलो विकेट, मुन्से १० रन बनाएर आउट
मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : २४
काठमाडौँ । पोखरा एभेन्जर्सविरुद्ध सुरुमा ब्याटिङ गरेको विराटनगर किंग्सले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
विराटनगरका ओपनर जर्ज मुन्से ६ बलमा १० रन बनाएर आउट भए ।
म्याटको बलमा किरण ठगुन्नाले मुन्सेलाई क्याच आउट गराए । मुन्सेले ६ बलमा एक चौक र एक छक्का हाने । विराटनगरले तीन ओभरमा १६ रन बनाएर खेलिरहेको छ । क्रिजमा मार्टिन गुप्टिल र लोकेश बम छन् ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा मंगलबार टस हारेर विराटनगरले ब्याटिङ गरिरहेको छ । यो मंगलबारको दोस्रो खेल हो । यसअघि चितवन राइनोजसले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण