१२ हजार घुस लिएको आरोपमा बाँके जिल्ला अदालतका नायब सुब्बाविरुद्ध मुद्दा दायर
मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ३६
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा विरुद्ध मुद्दा दायर गरेको छ।
- नायब सुब्बा राम प्रसाद धमलाले सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ।
- धमलालाई १२ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको थियो।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
नायब सुब्बा धमलाले बैनाबट्टा लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि उपलब्ध गराउन सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो।
आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
आयोगले धमलाविरुद्ध बिगो १२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण