रातोपाटी ब्रिफिङ
१० बजे १० समाचार : विकास निर्माणमा बेहाल, यूएईले अझै खुलाएन नेपालीलाई भिसा
मङ्गलबार, ०२ मङ्सिर २०८२, २१ : ३४
आज २०८२ मंसिर २ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- मन्त्रिपरिषद् निर्णय
सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
- दल दर्ता
विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।
- यूएईले अझै किन खुलाएन नेपालीलाई भिसा ?
संयुक्त अरब इमिरेट्स (यूएई) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि श्रम तथा भिजिट भिसामा रोक लगायो । नेपाल सरकारबाट भिसा खुलाउन प्रयास भएपनि यूएईले मानेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण