शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बन्दुक छाडेका विप्लवको हातमा गुलाफको फूल, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : ४५
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • विप्लव अब शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दै संसदीय राजनीतिमा होमिएका छन्।
  • उनले निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी)को नाममा दल दर्ता प्रमाणपत्र प्राप्त गरे।
  • विप्लवले पार्टीको चुनाव चिह्न प्राप्त गरे र नेता कार्यकर्तासँगै आयोग पुगेका थिए।

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवले बन्दुक छाडेर गुलाफका फूल समाएका छन् । १० वर्षे एकीकृत जनक्रान्ति त्यागेर आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन लागेका विप्लवले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । 

उनलाई निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रमाणपत्र र चुनाव चिन्ह दिएका हुन् । उनको चुनाव चिह्न गुलाफको फूल नै छ ।

 कात्तिक ११ गते कम्युनिस्ट पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका विप्लवले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाएका छन् । २०५२ सालमा तत्कालीन नेकपा(माओवादी)ले जनयुद्ध गर्दा विप्लव पनि सहभागी भएका थिए ।

२०६२÷६३ सालमा शान्ति प्रक्रियामा आएपछि कुनै पनि निर्वाचनमा भाग लिएनन् । २०६९ सालमा माओवादी विभाजनपश्चात् उनी मोहन वैद्य किरण तिर लागे । २०७३ सालमा किरण समूहबाट अलग भएपछि विप्लवले आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका थिए । आगामी दिनमा उत्पादन र एकीकृत जनक्रान्तिलाई सँगै लैजाने उनले बताएका छन् । 

biplab (3)biplab (4)biplab (5)biplab (6)biplab (7)biplab (8)biplab (9)biplab (10)biplab (11)biplab (12)biplab (13)biplab (14)biplab (15)biplab (16)biplab (17)biplab (18)biplab (19)biplab (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप