फेरियो विप्लवको पार्टीको नाम
सारांश
- विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाम राख्ने निर्णय गरेको छ।
- निर्वाचन आयोगले विप्लवलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ, जसले चुनाव चिन्ह गुलाफको फूल दिएको छ।
- विप्लवले यसअघि निर्वाचन बहिष्कार गरेका थिए, तर अहिले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाको रूपमा व्याख्या गरेका छन्।
काठमाडौँ । विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।
पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको विप्लवले जानकारी दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका हुन् ।
आयोगले विप्लवको चुनाव चिन्ह गुलाफको फूल दिएको छ । विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
१० वर्ष माओवादी जनयुद्धमा सहभागी भएका उनी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् । विप्लवले २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचन बहिस्कार गरेका थिए ।
एकीकृत जनक्रान्ति असफल भएपछि उनले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाका रूपमा व्याख्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण