मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्कटल्यान्डसँग डेनमार्क ४-२ ले पराजित

बुधबार, ०३ मङ्सिर २०८२, ०३ : ५९
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • विश्वकप २०२६ छनोटमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ ले पराजित गर्‍यो।
  • खेलमा स्कट म्याकटोमिनेले पहिलो गोल गरे भने लरेन्स शाङ्कल्यान्डले पनि गोल गरे।
  • डेनमार्कका लागि रस्मस होइल्युन्ड र प्याट्रिक डोर्गुले गोल फर्काए।

काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ ले पराजित गरेको छ । 

विश्वकप २०२६ छनोट अन्तर्गत आज भएको खेलमा डेनमार्कलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान पक्का गरेको हो । 

खेलको ३‍ औँ मिनेटमा स्कट म्याकटोमिनेले पहिलो गोल गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि दोस्रो हाफमा लरेन्स शाङ्कल्यान्डले ७८‍ औँ मिनेटमा गोल गर्दै स्कटल्यान्डको स्कोर दोब्बर गरे।

खेलकाे अतिरिक्त समयमा किएरन टीयरनी र केनी म्याक्लिनले एक–एक गोल गरे । 

डेनमार्कले भने दुई गोल मात्र फर्काउन सक्यो। रस्मस होइल्युन्डले ५७‍ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे र प्याट्रिक डोर्गुले ८२‍ औँ मिनेटमा अर्को गोल थपे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप