बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सिमरा घटनापछि गृह मन्त्रालयले भन्यो, ‘कार्यक्रम गर्दा स्थानीय प्रशासनसँग समन्वय गरियोस्’

बुधबार, ०३ मङ्सिर २०८२, २० : १७
बुधबार, ०३ मङ्सिर २०८२

काठमाडौँ । बाराको सिमरामा बुधबार जेनजी र नेकपा (एमाले)का कार्यकर्ताहरूबिच भएको झडपको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयले सिमराको अवस्था हाल नियन्त्रणमा रहेको र स्थानीय प्रशासनले स्थिति सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न पहल गरिरहेको जानकारी दिएको छ ।

गृह मन्त्रालयले सबै पक्षलाई कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँगको समन्वयमा मात्र गर्न आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ।’

उक्त झडप नेकपा एमालेका नेता महेश बस्नेत सिमरा पुग्ने खबर पाएपछि त्यहाँका युवाहरूले विरोध प्रदर्शन गर्दा भएको थियो । सम्भावित थप दुर्घटना रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

582102637_3138319776328873_2014364490011698357_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप