‘मलाई पनि पक्राउ गर’ अभियान सुरु गर्ने सुदन गुरुङको चेतावनी
सारांश
- बारामा जेनजीको शान्तिपूर्ण कार्यक्रममा भएको हिंसात्मक घटनापछि सुदन गुरुङले 'मलाई पनि पक्राउ गर' अभियान सुरु गर्ने चेतावनी दिएका छन्।
- गुरुङले गृहमन्त्रीको ढिलासुस्ती र 'लाचारीपन' घटनाको मूल कारण भएको आरोप लगाउँदै राजीनामाको माग गरेका छन्।
- जेनजी युवाहरू र एमाले निकट समूहबीच झडप हुँदा स्थानीय प्रशासनले बाराको सिमरा क्षेत्रमा कर्फ्यु जारी गरेको थियो।
काठमाडौँ । बारामा जेनजीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा भएको हिंसात्मक घटनापछि आन्दोलनका अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्ने चेतावनी दिएका छन्।
बारा जिल्ला संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको कार्यक्रममा एमाले निकट समूह प्रवेश गरी जेनजीहरु माथि अपमान गर्दै कुटपिट गरिएको बताउँदै उनले यस्तो प्रतिकृया दिएका हुन्।
सामाजिक सञ्जालमा बुधार एक स्ट्याटस लेख्दै गुरुङले गृहमन्त्रीको ढिलासुस्ती र ‘लाचारीपन’ नै यस्तो घटनाको मूल कारण भएको आरोप लगाए। उनले गृहमन्त्रीले आन्दोलन, सडकमा बगेको रगत र युवा पुस्ताको बलिदान बिर्सिएको आरोप लगाएका छन्।
गुरुङले लेखेका छन्, “यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु। हत्याराहरूले हामीलाई खुल्ला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठुलो हुने वाला छ। हेक्का रहोस्।”
जेनजी युवाहरुले एमालेका नेताहरुलाई अवरोध गर्ने प्रयासस्वरुप सिमरा क्षेत्रमा बुधबार प्रदर्शन गरेका थिए । सो क्रममा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यु नै जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण