सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
बिहीबार, ०४ मङ्सिर २०८२, ०८ : २२
सारांश
- डा. शेखर कोइरालाले बाराको सिमरामा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमित हुन आग्रह गरेका छन्।
- उनले संविधानको रक्षा र निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको बताए।
- कोइरालाले निर्वाचनको वातावरण बिगार्ने कुनै पनि कार्य नगर्न सबैलाई आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको सिमरामा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैलाई संयमित हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको स्मरण गराएका छन् ।
उनले हिजो सिमरामा घटेको जस्तो घटनाले संविधान र निर्वाचन दुवैलाई अप्ठ्यारोमा पार्न सक्ने चेतावनी दिएका छन् ।
उनले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गर्दै भनेका छन्, 'संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।' एमाले नेता महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गर्दा बुधबार सिमरा क्षेत्र तनावग्रस्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण