बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाले बनायो निर्वाचन लक्षित तीन कार्यदल

बिहीबार, ०४ मङ्सिर २०८२, ११ : ५६
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन लक्षित अध्ययनका लागि तीन कार्यदल गठन गरेको छ।
  • विभिन्न कार्यदलमा विराजभक्त श्रेष्ठ, मनिष झा र निशा डाँगीलाई संयोजक तोकिएको छ।
  • कार्यदलहरूले निर्वाचनको रणनीति, मिडिया अध्ययन र राजनीतिक विषयमा काम गर्नेछन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन लक्षित राजनीतिक अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययन कार्यदल गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले तीनवटा कार्यदल गठन गरेको हो ।

राजनीतिक अध्ययन कार्यदल संयोजकमा विराजभक्त श्रेष्ठ रहेका छन् । निर्वाचन रणनीति कार्यदल संयोजकमा प्रवक्ता मनिष झा रहेका छन् । मिडिया अध्ययन कार्यदलमा निशा डाँगी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

तीनवटै कार्यदलमा सदस्यहरू को–को छन् ?

१. राजनीति अध्ययन कार्यदल

विराजभक्त श्रेष्ठ, संयोजक

सदस्यहरुः पुकार बम, गणेश कार्की,  प्रदेश सभापतिहरू (प्रकाश बिष्ट, सुदुरपश्चिम, मदन खड्का, कर्णाली, देवराज पाठक, लुम्बिनी,  राजन गौतम, गण्डकी, अचुत्तम लामिछाने, बागमती, तपेश्वर यादव, मधेश र गोमा तामाङ सरिन (का.वा.), कोशी) पदेन

२.निर्वाचन रणनीति कार्यदल

मनिष झा, संयोजक

सदस्यहरुः विष्णुकुमार श्रेष्ठ, टीका सङ्ग्रौला (ज्वाला),  पारसमणि गेलाल र प्रदेश सभापतिहरू पदेन

३. मिडिया अध्ययन कार्यदल

निशा डाँगी, संयोजक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप