बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद रमा आलेमगर १० दिनदेखि अस्पतालमा

बिहीबार, ०४ मङ्सिर २०८२, १२ : ४३
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • बागमती प्रदेश सभा सदस्य रमा आले मगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, र उहाँ आइसियुमा उपचाररत हुनुहुन्छ।
  • पेट सम्बन्धी समस्या, अल्सर, र कलेजोको समस्याका कारण उनको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
  • आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको र सहयोगका लागि आह्वान गरिएको छ।

हेटौँडा । बागमती प्रदेशसभा सदस्य रमा आले मगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगत १० दिनदेखि उपचाररत पूर्वमन्त्री आलेमगरको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको हो ।

विगत लामो समयदेखि पेटसम्बन्धी समस्या रहेको उनलाई पछि अल्सर र हाल कलेजो सम्बन्धी समस्या भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनका भाइ राम आलेमगरले जानकारी दिए ।

सांसद् रमा आलेमगरको अहिले आइसियुमा राखेर उपचार भइरहेको रामको भनाई छ । उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको रामले बताए । उपचारमा संलग्न चिकित्सकहरूले सांसद आले मगरको थप उपचारका लागि बाहिर (विदेश) लैजान सुझाव दिएको रामको भनाई छ ।

rama aale magar

आर्थिक अभावका कारण उनको उपचारमा समेत समस्या भइरहेको र सहयोग उठाउन थालिएको छ । उनको उपचारमा सहयोग गर्न निरन्तर खटिइरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमा सांसद आले मगरको फोटो र बैक क्युआर सेयर गर्दै थप उपचारका लागि सहयोग गर्न अनुरोध छन् ।

आलेमगर बागमती प्रदेशकी एक सक्रिय र जुझारु राजनीतिज्ञका रूपमा चिनिन्छिन् । उनी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौँ क्षेत्र नम्बर १० (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

aale magar sahayog

यसअघि उनले बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् । तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई २०८० चैत १९ गते मन्त्री नियुक्त गरेका थिए भने उनले चैत २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।

हाल उनी नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित भएकी छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थायी ठेगाना भएकी आले मगरले स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप