नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब
सारांश
- नेपाल राष्ट्र बैंकले एक वर्षमा विदेशी लगानीबाट करिब ९६ अर्ब रुपैयाँ कमाएको छ।
- विदेशी बैंक र वित्तीय संस्था, सुरक्षण पत्र र एसडीआर होल्डिङमा गरिएको लगानीबाट आम्दानी भएको हो।
- गत वर्षको तुलनामा यो वर्षको आम्दानी २०.५३ प्रतिशतले वृद्धि भएको छ, रेमिट्यान्स बढ्दा सञ्चिति बढेको हो।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो ।
यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ अर्ब ७० करोड, विदेशी सुरक्षण पत्रमा गरिएको लगानी बापत ६२ अर्ब ३ करोड, स्थिर सुरक्षण पत्रमा लगानीबापत ३ अर्ब ५३ करोड र आईएमएफको एसडीआर होल्डिङमा गरेको लगानी बापत ८७ करोड रुपैयाँ प्राप्त गरेको छ ।
गत वर्ष राष्ट्र बैंकले यस्तै लगानीबापत जम्मा ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वर्षको आम्दानी गत वर्षको भन्दा २०।५३ प्रतिशत बढी हो । यो वर्ष राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा आम्दानी समेत बढ्दै गएको हो ।
पछिल्लो वर्ष विदेशबाट भित्रिने रेमिट्यान्स बढ्दै जाँदा राष्ट्र बैंकसँगको विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । त्यसरी आउने रेमिट्यान्सबापत राष्ट्र बैंकले नेपाली रुपैयाँमा भुक्तानी दिएर प्राप्त भएको डलर वा अन्य मुद्रा भने विदेशी सुरक्षण पत्रमा लगानी गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण