सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी
सारांश
- बारा जिल्ला प्रशासन कार्यालयले सिमरा विमानस्थल र जीतपुर सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु आदेश आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागु हुनेछ।
- प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्फ्यु आदेशबारे जानकारी दिएको हो।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तथा जनधनको क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रन नदिन आज मिति २०८२ मङ्सिर ४ गते दिउँसो १ः०० बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।’
विज्ञप्तिमा वीरगन्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिण देखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।
बुधबार पनि सो क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश जारी गरिएको थियो । सो प्रदर्शनका कारण सिमरा विमानस्थलको हवाई उडान समेत प्रभावित भएको थियो भने एमाले नेताहरूको बारा जाने कार्यक्रम रद्द भएको थियो । सो क्षेत्रमा आज पनि जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण